आइतबार, वैशाख ७, २०८२

‘देशैभर कबड्डी ४ प्रदर्शन हुनै दिँदैनौं’

चर्काे विरोधपछि भिक्षु रिहा

नेपालखोज २०७९ जेठ १७ गते १६:१५

काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलस्थित केएल टावर अगाडि एक समूहले प्रदर्शन गरेको छ । अभिनेत्री मगरले चर्चाको लागि निर्दोष भिक्षुलाई झुटो आरोप लगाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएको ठूलो समूहले चलचित्र ‘कबड्डी ४’को पोस्टर जलाउने, च्यात्ने, नायिकाविरुद्ध नाराबाजी गर्नुका साथै भिक्षुको स–सम्मान रिहाइको माग गरेको छ । उनीहरुले चलचित्र देशभर प्रदर्शन हुन नदिने चेतावनी दिएका छन् । ‘चलचित्रमा भएको भिक्षुको दृश्य हटाउनुपर्छ, यो चलचित्र कुनै हालतमा देशभर प्रदर्शन हुन दिँदैनौं’ प्रदर्शनमा आएकी एक महिलाले भनिन् । यही विरोधका कारण केएल टावरमा रहेको एफक्युबले नियमित ‘शो’ बन्द गरेको छ ।

अभिनेत्री मगरले मुगु स्थायी घर भएका २४ वर्षीय फुर्वाले दर्शकसँग फिल्म हेर्न जानेक्रममा सिभिल मलको एक कफी सपमा आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । गलत नियतले ‘ब्याक टच’ गरेको भन्दै उनले ती भिक्षुलाई झापड लाएर सबैको सामु माफी माग्न लगाएकी थिइन् । पछि अभिनेत्रीले उजुरी गरेपछि भिक्षुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चर्काे आलोचना र विरोध प्रदर्शनका कारण जिल्ला प्रशासन कार्यालयले भिक्षुलाई तीन हजार धरौटीमा रिहा गरेको छ ।

प्रतिक्रिया