विन्ध्यवासिनी हाइड्रोपावरकाे आईपीओ आजदेखि बिक्री खुला
नेपालखोज
२०७९ जेठ २० गते ६:३२

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे हो । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेकाे छ ।
कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया