मन लाग्यो
बिटु केसी
२०७९ जेठ २१ गते ८:१२

फेरि उही गीत लेख्न मन लाग्यो
फेरि उही प्रीत लेख्न मन लाग्यो
सदियौंदेखि चलिआएको पुरानो
फेरि उही रित लेख्न मन लाग्यो
पिउनेहरुले सिंगो सागर नै पिए
फेरि उही धीत लेख्न मन लाग्यो
प्रेम उस्तै, प्यास उस्तै उस्तै हुन्
फेरि उही जित लेख्न मन लाग्यो
जनम् जनम् रहने सँग मनको
फेरि उही मीत लेख्न मन लाग्यो ।
सम्बन्धित
प्रतिक्रिया