२,०७८ अंकमा खुम्चियो नेप्से, साताभर ६ अर्ब २० करोडको कारोबार

काठमाडौं । यो साता नेप्से दुई हजार ७८ दशमलव ७० अंकमा पुगेर खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय तीन दशमलव ४८ अंकमा पुगेर खुम्चिएको छ । दुई सय २९ वटा कम्पनीहरुको एक लाख २६ हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७६ लाख ६१ हजार सात सय ३५ कित्ता सेयर किनबेच हुँदा यो साता कुल कारोबार रकम छ अर्ब २० करोड ३९ लाख १३ हजार दुई सय ६४ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा केही बढी हो । गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको एक लाख १२ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६१ लाख ७८ हजार एक सय ४४ कित्ता सेयर किनबेच भएको थियो । जसबाट कुल कारोबार रकम पाँच अर्ब ६९ करोड १७ लाख १४ हजार एक सय ७२ रुपैयाँ पुुगेको थियो ।
नियमित कारोबारको लागि यो साता पाँच कार्य दिन नै नेप्से खुल्ला रहेकोमा सबै दिन नेप्से घटेको थियोे । जसमध्ये पहिलो दिन ५० दशमलव ३३ अंकले घटेर दुुई हजार एक सय ७३ दशमलव ४४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि ३३ दशमलव ७६ अंकले घटेर दुुई हजार ७८ दशमलव ७० अंकमा खुम्चिएको छ । यसबीचमा पनि नेप्से लगातार घटेको छ ।
यसैगरी पहिलोे दिन १० दशमलव ३३ अंंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन सात दशमलव १८ अंंकले घटेर चार सय तीन दशमलव ४७ अंकमा झरेको छ । यसअवधिमा सेन्सिटिभ इन्डेक्स पनि लगातार घटेको थियो ।
यो साता नविल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया