६० अंकले नेप्से बढ्दा एक अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । लगातार घट्दै आएको नेप्सेमा साताको तेस्रो कारोबार दिन आज (बुधबार) भने करेक्सन देखिएको छ । अघिल्लो दिन ४५ अंकले घटेको नेप्से आज बुधबार भने ६० दशमलव २२ अंकले बढेर दुई हजार ८० दशमलव ४४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ अंकले बढेर चार सय दशमलव ३७ अंकमा चढेको छ ।
दुई सय ३१ कम्पनीको ३० हजार ६ सय ८४ पटकको कारोबारमा ५० लाख पाँच हजार आठ सय १४ कित्ता सेयर खरिद–बिक्री भए । जसमा आज कुल कारोबार रकम एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६ सय आठ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव ३५ अंकले बढेर १४ सय १८ दशमलव ९२ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक एक सय १६ दशमलव ३९ अंकले बढेर तीन हजार ६ सय ४६ दशमलव १५ अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक ८४ दशमलव ६ अंकले बढेर २४ हजार ५७ दशमलव ६९ अंकमा चढेको छ भने निर्जीवन बिमा समूहको सूचक तीन सय २० दशमलव तीन अंकले बढेर आठ हजार ६ सय ६५ दशमलव ६५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक दुई सय ९३ दशमलव १३ अंकले बढेर नौं हजार आठ सय ६९ दशमलव ५५ अंकमा चढेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय ७३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ११ प्रतिशतले घटेर तीन सय १० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ६ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड १२ लाख ४० हजार तीन सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया