बुधबार, वैशाख १०, २०८२

अन्तिम कारोबार दिनमा १४ अंकले नेप्से घट्दा ८९ करोड ४१ लाखको कारोबार

नेपालखोज २०७९ जेठ २७ गते १५:३०

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन १७ दशमलव ६४ अंकले घटेको नेप्से आज पुनः १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३१ अंकले घटेर तीन सय ९२ दशमलव शून्य ६ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २९ कम्पनीको १८ हजार ६ सय १७ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ३८ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव दुई अंकले घटेर १४ सय आठ दशमलव १४ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक पनि ३९ दशमलव १२ अंकले घटेर तीन हजार पाँच सय ३३ दशमलव ४९ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक सात दशमलव ३७ अंकले घटेर २४ सय नौ दशमलव ७९ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ७९ दशमलव ५७ अंकले घटेर आठ हजार पाँच सय ११ दशमलव ३ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक ६८ दशमलव ९४ अंकले घटेर नौ हजार सात सय ७९ दशमलव ३१ अंकमा झरेको छ । ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, फाइनान्स, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २८ सय २९ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७ दशमलव ५ प्रतिशतले घटेर १४ सय ४२ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज कुमारी बैंकको भने प्रतिकित्ता दुई सय आठ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा पाँच करोड पाँच लाख ४५ हजार एक सय ६८ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया