आईपीओ निष्कासन गर्न पिपुल्स पावरलाई बोर्डको अनुमति
नेपालखोज
२०७९ जेठ ३० गते १५:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पिपुल्स पावर लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि ३१ करोड रुपैयाँबराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि जेठ २७ गते अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड २६ लाख रुपैयाँ छ । सर्वसाधारणलाई ३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
सम्बन्धित
प्रतिक्रिया