बुधबार, वैशाख १०, २०८२

पहिलो कारोबार दिनमै १५ अंकले नेप्से घट्दा ९९ करोड ८६ लाखको कारोबार

नेपालखोज २०७९ जेठ ३० गते १५:४८

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से घटेको छ । नेप्से आज १५ दशमलव ८२ अंकले घटेर दुई हजार ३२ दशमलव ३४ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव तीन अंकले घटेर तीन सय ८९ दशमलव ९५ अंकमा झरेको छ ।

दुई सय ३० कम्पनीको २० हजार सात सय ७४ पटकको कारोबारमा २९ लाख २० हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद-बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ९९ करोड ८६ लाख ७४ हजार दुई सय ६२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव दुई अंकले घटेर १३ सय ९७ दशमलव ११ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक १६ दशमलव ७३ अंकले घटेर तीन हजार पाँच सय १६ दशमलव ७६ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक पाँच दशमलव २२ अंकले घटेर २४ सय चार दशमलव ५७ अंकले अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय दुई दशमलव १९ अंकले घटेर आठ हजार चार सय आठ दशमलव ८४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ४० दशमलव ८४ अंकले घटेर नौ हजार ६ सय ३८ दशमलव ४७ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर दुई सय ९८ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४० प्रतिशतले घटेर एक हजार ४७ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सानिमा बैंकको प्रतिकित्ता दुई सय ८० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड एक लाख ६१ हजार पाँच सय ७४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया