‘माग पूरा नभएसम्म आन्दोलन रोकिन्न’

काठमाडाैं । लगानीकर्ताका विभिन्न १० संघ संगठनहरूले पुँजी बजार सुधार संघर्ष समितिले उठाएका १९ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । आज संयुक्त बक्तब्य जारी गर्दै आन्दोलनले ठोस उपलब्धि हाँसिल नभएसम्म मैदान जनाएका हुन् ।
संयुक्त प्रेस बक्तब्यमार्फत सेयर धितो कर्जा लिएकाहरूलाई मार्जिन कल गरी बैंक आफैंले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री नगर्न आग्रह गरेका छन् । साथै ती संघ संगठनहरूले सम्बन्धित बैंक र ब्रोकरहरुलाई पनि लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न बक्तब्य मार्फत अनुराेध गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरममा सभापति अम्बिकाप्रसाद पौडेल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त प्रेस बक्तब्य जारी गरेका हुन् ।
उनीहरूले आफ्ना १९ बुँदे माग सरकारले तत्काल कार्यान्वयन नगरे त्यसबाट उत्पन्न हुने परिस्थिति प्रति सरकार नै जिम्मेवार हुने पनि संघहरूको उल्लेख गरेका छन् ।
प्रतिक्रिया