थामिएन नेप्सेको भीषण पहिरो, २९ अंकले घट्दा १ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । नेप्सेको भीषण पहिरो अझै कायम रहेको छ । अघिल्लो दिन ३६ अंकले घटेर दुई हजार विन्दुबाट तल झरेको नेप्से साताको तेस्रो कारोबार दिन आज (बुधबार) पुनः २९ दशमलव ८९ अंकले घटेर १९ सय ६६ दशमलव ३७ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६ अंकले घटेर तीन सय ७८ दशमलव ९० अंकमा झरेको छ ।
दुई सय २९ कम्पनीको ३० हजार ६ सय दुईवटा कारोबारमा ४१ लाख ८२ हजार तीन सय ६९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार आठ सय १७ रुपैयाँ पुगेको छ ।
आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक ओरालो लागेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ५६ अंकले घटेर १३ सय ६७ दशमलव ८३ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि ५३ दशमलव ५८ अंकले घटेर तीन हजार तीन सय ८६ दशमलव ३६ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ५४ दशमलव १५ अंकले घटेर २२ सय ८४ दशमलव चार अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ३४ दशमलव २७ अंकले घटेर आठ हजार ३१ दशमलव ८३ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ८९ दशमलव ५८ अंकले घटेर नौ हजार दुई सय ६४ दशमलव ७३ अंकमा झरेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर चार सय २० रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै बलेफी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ७६ प्रतिशतले घटेर दुई सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ५७ लाख १४ हजार ६ सय ४९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया