बुधबार, वैशाख १०, २०८२

प्रकाशमानको निर्देशनले गर्ला त महानगरमा काम ?

नेपालखोज २०७६ चैत ४ गते १६:११

काठमाडौं । विश्व कोरोना भाईरसको त्रासमा रहेका बेला नेपालमा पनि त्यसैले चर्चा चलाईरहेको छ । कथंकदाचित नेपालमा कोरोना भाईरस देखियो भने ? धेरैले प्रश्न र अड्कलबाजी गरिरहेका छन् । यद्यपी सरकारले कोरोना भाईरस रोक्नका लागि आफ्नो तर्फबाट पहल गरेको जस्तो देखाएको भएपनि खासै प्रभावकारी काम हुन सकिरहेको भने देखिँदैन ।

यही परिवशेमा काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसा नेता प्रकाशमान सिंहले घरघरमौ पुगेर जनतालाई सचेतना मूलका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।

नेता सिंहले जनताले अनुभूति गर्ने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आफू निकट अध्यक्षलाई निर्देशन त दिए तर काम होला त ? भन्ने प्रश्न चिन्ह उब्जिएको छ । कोरोनाका नाममा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी जनजीवन आक्रान्त हुँदा समेत सरकारले बजारमा हस्तक्षेप नगरेको आरोप लगाउँदै नेता सिंहले जनप्रतिनिधिहरुलाई त्यसका विरुद्ध उत्रिन आग्रह पनि गरे ।

काठमाडौं महानगरपालिकाका कांग्रेस निकट निर्वाचित जनप्रतिनिधिहरुलाई उनले जनतालाई भाषण होइन दैनिक उपभोग्य सामग्रीको सहजता चाहिएको बताए । सोही अनुरुप जनतालाई राहत दिन पार्टीसँग समन्वय गरी अगाडि बढ्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया