आइतबार, वैशाख ७, २०८२

गण्डकी प्रदेशले गर्‍याे ३५ अर्ब ९० कराेड रुपैयाँ बजेट विनियाेजन

नेपालखोज २०७९ असार १ गते १८:५४

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० कराेड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

गण्डकी सरकारले आन्तरिक राजस्व पाँच अर्ब नाै करोड उठाउने लक्ष्य लिएको छ । यस्तै रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । गण्डकी सरकारले प्रदेशभित्रका ८५ पालिकालाई झन्डै चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विभिन्न शीर्षकका अनुदानमा दुई अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न ५० करोड रुपैयाँ छुट्याएको छ । 

पूर्णपाठ

प्रतिक्रिया