मान्छे !
अर्जुन पराजुली
२०७९ असार १२ गते ११:४९

बाले, आमाले
हजुरबाले, हजुरआमाले
सानाबाले, सानीआमाले
ठूलाबाले, ठूलीआमाले
माइजूले, मामाले
गुरुले, गुरुआमाले
नानी-बाबुहरुलाई-
डाक्टर बन्नुपर्छ भन्छन्
इन्जिनियर बन्नुपर्छ भन्छन्
तर
मान्छे बन्नुपर्छ भन्दैनन् !
त्यसैले
नानी-बाबुहरु पनि
डाक्टर बन्छन्, इन्जिनियर बन्छन्
तर, मान्छे बन्दैनन् !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया