नेप्से २,०२८ अंकमा, सातामा १० अर्ब ६४ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से दुई हजार २८ दशमलव ७७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८८ दशमलव ६२ अंकमा सीमित हुन पुगेको छ ।
सातामा दुई सय ३० कम्पनीको दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा तीन अर्ब रुपैयाँले बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ३७ वटा कम्पनीहरूको एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौ रुपैयाँ पुगेको थियो । यो साता नेप्से सातामा ६ कार्य दिन नै खुला थियो । जसमध्ये दोस्रो, तेस्रो र अन्तिम कारोबार दिन नेप्से घटे पनि बाँकी दिनमा भने बढेको थियो ।
पहिलो कारोबार दिन ९४ दशमलव ९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिन आठ दशमलव ७७ अंकले घटेर दुई हजार २८ दशमलव ७७ खुम्चिएको थियो ।
यसबीचका दिनमा पनि नेप्सेमा उतारचढाव देखिएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १७ दशमलव ९३ अंंकले बढेर तीन सय ८२ दशमलव ८४ अंकमा चढ्न सफल भएकामा अन्तिम कारोबार दिन तीन दशमलव १७ अंंकले घटेर तीन सय ८८ दशमलव ६२ अंकमा खुम्चिन पुगेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परे पनि सेयर कारोबार भएको संख्याको आधारमा भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
प्रतिक्रिया