‘काटेको घाउ सिलाउने, पट्टी लाउने किन आउँथे, सिङमा नुनचुक दली हान्ने, हनाउने आउँछन् !’
अर्जुन पराजुली
२०७९ असार २९ गते १४:२९

घुमाइ फिराई आफैंलाई मालिक बनाउने आउँछन् !
भ्युटावर बनाउने गएपछि शालिक बनाउने आउँछन् !
घाम ताप्ने, ढाड सेक्ने, कुरो काट्ने गएपछि
हाजिरकापी घरमै लगि हाजिर जनाउने आउँछन् !
काटेको घाउ सिलाउने, पट्टी लाउने किन आउँथे
सिङमा नुनचुक दली हान्ने, हनाउने आउँछन् !
एकछिन् बस्न पाउँदैन नाक नथुनी देश मेरो
पुराना गनाउने गएपछि नयाँ गनाउने आउँछन् !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया