मंगलबार, वैशाख ९, २०८२

हामी !

नेपालखोज २०७९ साउन २४ गते १२:३५

पहिले स्याललाई भोट दिन्छौँ
पछि कुखुरा चोर्‍यो भन्छौँ
पहिले मुसालाई भोट दिन्छौँ
पछि धान खायो भन्छौँ

पहिले साँढेलाई भोट दिन्छौँ
पछि बाली माड्यो भन्छौँ
पहिले बालाई भोट दिन्छौँ
पछि छोराछोरीलाई पद बाँड्यो भन्छौँ !

पहिले पागललाई भोट दिन्छौँ
पछि मुख मनपरि चलायो भन्छौँ
पहिले बलात्कारीलाई भोट दिन्छौँ
पछि छोरी, बुहारी समायो भन्छौँ !

पहिले जासुसको मितलाई भोट दिन्छौँ
पछि जासुसलाई अँगालो हाल्यो भन्छौँ
हामी
पहिले सलाइको काँटीलाई भोट दिन्छौँ
पछि रोटी सेकाउन संसद बाल्यो भन्छौँ !

हजुरबा हजुरआमाले धोका खाए
बा आमाले धोका खाए
खान छोडेनौँ, हामी पनि धोका खाइरह्यौँ !
धोका खाँदा–खाँदा अब हामी
धोका खान नपाए बाँच्नै नसक्ने भयौँ !!

प्रतिक्रिया