आइतबार, वैशाख ७, २०८२

देशैभर रक्षाबन्धन र जनैपूर्णिमाको रौनक ! (फोटो फिचर)

नेपालखोज २०७९ साउन २७ गते ११:३५

काठमाडौं । जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा देशका विभिन्न धार्मिकस्थल पुगेर रक्षाबन्धन बाँध्दै सर्वसाधारण । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज (शुक्रबार) देशभर नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् । हेरौं देशका विभिन्न स्थानका मन्दिर तथा शिवालयमा पुगेर रक्षाबन्धन तथा जनै लगाएका तस्बिर :

सबै तस्बिर : रासस

प्रतिक्रिया