बिहीबार, वैशाख ११, २०८२

नेप्सेमा गिरावट, एक अर्ब ३८ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ १६ गते १५:४०

काठमाडौं । नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन २१ दशमलव ९७ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहिबार) पुन एक दशमलव आठ अंकले घटेर १९ सय ७२ दशमलव २९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६६ अंकले घटेर तीन सय ८३ दशमलव ९३ अंकमा झरेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको २९ हजार एक सय ६२ पटकको कारोबारमा ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहीबार १३ वटा समूहको कारोबार भएकोमा ६ वटा समूहको सूचक घटेर सात वटा समूहहरुको सूचक बढेका छन् । सोमध्ये वाँणिज्य बैंक समूहको सूचक दुई दशमलव १९ अंकले घटेर १३ सय २८ दशमलव ८० अंकमा झरेकोमा ट्रेडिङ उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने सात दशमलव २१ अंकले बढेर तीन हजार पाँच सय १९ दशमलव ३२ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि १० दशमलव ३८ अंकले बढेर २२ सय ५३ दशमलव ६१ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक ६२ दशमलव १४ अंकले बढेर सात हजार नौ सय ६९ दशमलव ५० अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक ५४ दशमलव ८१ अंकले बढेर नौ हजार दुई सय ८१ दशमलव ५७ अंकमा चढेको छ । यसैगरी फाईनान्स र लघुवित्त समूहको सूचक पनि एक बढेका छन् ।

नेप्सेमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राप्ती हाईड्रो एन्ड जनरल कन्सट्रक्सनको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ३८ प्रतिशतले घटेर तीन सय आठ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौ सय १५ रुपैयाँ अन्तिम मूल्यम १२ करोड २७ लाख पाँच हजार ६ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया