बिहीबार, वैशाख ११, २०८२

युरो एकको खरिददर १२६ रुपैयाँ ७८ पैसा, बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा

नेपालखोज २०७९ भदौ २० गते ७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २९ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया