जवाफ आएन !
नेपालखोज
२०७९ भदौ २७ गते १२:३८

सिमसिम परेको पानीले
सन्देश मेरो लगेर गयो
पायौं कि पाएनौं
जवाफ मलाई आएन
आफैँ आउने थिएँ म, तर आएनँ
मैले सङ्कोच मानेँ आउनलाई
बिहानीको निद्रामा कसैलाई
बाधा किन पु¥याऊँ भनेर
थप्थप् गरी दस्तक तिमीलाई दियो होला
अनि चिसो हावाले कानमा फुक्यो होला
तिमी बिउँझनुपर्ने
बिउँझेऊ कि बिउँझेनौ
मलाई शङ्का छ
किन भने जवाफ मलाई आएन ।
सम्बन्धित
प्रतिक्रिया