राष्ट्र बैंकद्वारा पुनः १० अर्बको ट्रेजरी आह्वान
नेपालखोज
२०७९ भदौ २६ गते १९:५५
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने भदौ २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते र २०७९ मंसिर २७ गते तोकिएको छ । यि दुवै ट्रेजरी पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही भदौ २० गते पनि राष्ट्र बैकले छ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया