बिहीबार, वैशाख ११, २०८२

सर्वसाधारणलाई वाणिज्य बैंकले असोज दुई गतेबाट नयाँ नोट दिने

नेपालखोज २०७९ भदौ ३० गते १७:१६

काठमाडौं । सर्वसाधारणहरुलाई वितरण गर्नको लागि वाणिज्य बैंकहरुमा नयाँ नोट पुगेको छ । राष्ट्र बैंकले आज (बिहीबार) सार्वजनिक सुचना जारी गर्दे भनेको छ, बडा दशैंको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको विगतको अनुभवलाई मध्यनजर गरी बडा दशैं २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस भनि यस बर्ष सम्पुर्ण वाणिज्य बैंकलाई राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराई सकेको छ ।

यसै सन्र्दभमा यही असोज दुई गते देखि आफ्नो बैंकको काठमाडौं उपत्यका भित्रका तोकिएका शाखा कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधाको लागि काठमाडौं उपत्यका अर्थात काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरु तोकी वेभसाईट मार्फत सुचना दिने र त्यस्तो सुचनामा नयाँ नोट सुकिलो नो सटही गर्ने समयावधी र संख्या समेत उल्लेख गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरको प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८,५०० रुपैंयाँसम्मको सटही सुविधा उपलब्ध गराउनु पर्ने छ ।

प्रतिक्रिया