दोहोरो अंकले बढ्यो नेप्से, ६६ करोड ३० लाखको कारोबार

काठमाडौं । नेप्सेमा करेक्सन आएको छ । यसअघि घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने दोहोरो अंकले बढेको छ । नेप्से आज १५ दशमलव ९२ अंकले बढेर १८ सय ३१ दशमलव पाँच अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव १४ अंकमा चढेको छ ।
नेप्सेमा मंगलबार दुई सय २९ वटा कम्पनीहरुको १६ हजार आठ सय २३ पटकको कारोबारमा २१ लाख सात हजार सात सय ४२ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ६६ करोड ३० लाख १३ हजार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक घटेर बाँकी समुहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ५६ अंकले बढेर १२ सय ८५ दशमलव ४७ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५१ दशमलव ८६ अंकले बढेर तीन हजार दुई सय ५२ दशमलव ३६ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक पनि २४ दशमलव ६६ अंकले बढेर १९ सय ५५ दशमलव नौ अंकमा चढेकोमा
निर्जिवन बिमा समूहको सूचक पनि ३१ दशमलव ७४ अंकले बढेर सात हजार चार सय ५९ दशमलव ३२ अंकमा चढेको छ । जीवन बिमा समुहको सूचक पनि ५० दशमलव ३२ अंकले बढेर आठ हजार ६ सय ९८ दशमलव ७९ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज सामूदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर एक हजार तीन सय आठ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ । गरिमा बिकास बैंकको ऋणपत्र ८५ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले घटेर आठ सय १० रुपैयाँ ९० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ८६ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ८५ लाख ३१ हजार चार सय ४७ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया