राष्ट्र बैंकद्वारा पुन: १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी आह्वान
नेपालखोज
२०७९ असोज १२ गते १७:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि बिहिबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज २३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ पुस १९ गते र २०७९ चैत्र २१ गते तोकिएका छन् । राष्ट्र बैकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ ।
यसअघि यही असोज नौं गते पनि राष्ट्र बैकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया