बिहीबार, वैशाख ११, २०८२

फाइनान्सहरुले दिए घर बनाउन १० अर्ब ७८ करोड रुपैयाँ कर्जा

नेपालखोज २०७९ असोज २२ गते १५:०२

काठमाडौं । फाईनान्स कम्पनीहरुले व्यक्तिगत आवास अर्थात घर बनाउनकै लागि १० अर्ब ७८ करोड ६० लाख रुपैंयाँ कर्जा दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरुले आफ्नो देशभरि छरिएका रहेका दुई सय ६९ वटा शाखा मार्फत उक्त परिमाणमा कर्जा दिएका हुन् ।

राष्ट्र बैंकले एक करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जाको सुचीमा राखेकाकारण पनि पछिल्लो समय होम लोन शिर्षकको कर्जा रकम बढेको हो ।
यस अवधिमा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब दुई अर्ब ३५ करोड ८० लाख र ९१ अर्ब २२ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले रियस्टेट क्षेत्रमा भने १० अर्ब एक करोड २० लाख रुपैयाँ कर्जा दिएका छन् ।

सेयर बजार निरन्तर ओरालो लागेको भएपनि यस अवधिमा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा भने तीन अर्ब ८१ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया