बिहीबार, वैशाख ११, २०८२

राष्ट्रिय वाणिज्य बैंकको पहिलो त्रैमासिक नाफा एक अर्ब २४ करोड

नेपालखोज २०७९ कार्तिक ७ गते १७:१९

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब २४ करोड ६६ लाख ७८ हजार दुई सय १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैकको यस्तो नाफा एक अर्ब पाँच करोड ६ लाख १४ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ६१ अर्ब ७५ करोड ११ लाख ५३ हजार तीन सय ६९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार सात सय ६१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यो अवधिमा चार दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब १७ करोड ४५ लाख ६३ हजार आठ सय २१ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार ६४ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १२ अर्ब चार करोड ९५ लाख ५८ हजार नौ सय ८१ रुपैयाँ रहेको थियो । उक्त अवधिमा दुई अर्ब ३४ करोड ७५ लाख ६ हजार ५८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया