बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा, बिक्रीदर १३२ रुपैयाँ २६ पैसा

नेपालखोज २०७९ कार्तिक १३ गते ८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ०४ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया