बिहीबार, वैशाख ११, २०८२

तीन महिनामा ‘निफ्रा’को ३७ करोड ८६ लाख नाफा

नेपालखोज २०७९ कार्तिक १४ गते १७:३०

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने २९ करोड ८५ लाख ७७ हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् १० करोड ७९ लाख रुपैयाँले बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार रुपैयाँ छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३८ करोड ९० लाख ८५ हजार रुपैयाँ छ ।

त्यस्तै निफ्राले ग्राहकलाई दिएको कर्जा तथा सापटी १७ अर्ब ८१ करोड ६ लाख १३ हजार रुपैयाँ छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ भने कूल सम्पत्ति २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार रुपैयाँ छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी सात दशमलब ०१ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर एक अर्ब दुई करोड २५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया