भोट भनेको भोट हो महोदय !
अर्जुन पराजुली
२०७९ कार्तिक २२ गते १३:३१

केमा हाल्नुहुन्छ हजुर भोट ?!
एक कप चियामा ?
एक प्लेट मासुमा ?
एक गिलास रक्सीमा ?
एक बिरा पानमा ?
एउटा नोटमा ?
एउटा पशुपतिको दर्शनमा ?
एउटा चाउचाउमा ?
कि एक प्लेट मममा ?
भोट भनेको भोट हो महोदय !
तपाईँले जेमा हाल्नुहुन्छ त्यसले-
तपाईँलाई नबनाई छोड्दैन, बनाउँछ !
आज तपाईँले
भोट, चाउचाउमा हाल्नुभयो भने
भोली चाउचाउले
तपाईँलाई चाउचउ बनाउँछ !
आज तपाईँले
भोट, मममा हाल्नुभयो भने
भोलि ममले
तपाईँलाई मम बनाउँछ !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया