दिपक खड्का चुनावी घरदैलोमा !
नेपालखोज
२०७९ कार्तिक २७ गते ७:५५

काठमाडाैं । लोकतान्त्रिक–बाम गठबन्धनबाट संखुवासभाको प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक खड्का अहिले चुनावी घरदैलोमा व्यस्त छन् ।
नेपाली काँग्रेस संखुवासभाका जिल्ला सभापति खड्का संखुवासभाका १० वटै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, जिल्लाभरी शुद्ध खानेपानी पुर्याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्ने जस्ता प्रतिवद्धता लिएर जनताको घरदैलोमा पुगेका हुन्र ।
उम्मेदवार खड्काले जिल्लाभर बारै महिना चल्ने सडक सञ्जाल निर्माण गर्ने , उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क तथा २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।




सम्बन्धित
प्रतिक्रिया