सोमबार, वैशाख ८, २०८२

लघुकथा !

प्रेम पुन मगर २०७९ मंसिर ३ गते १४:००

‘बोस आज मलाई बिदा चाहियो ।’ उसको आग्रहमा बोस तर्सिदै भन्यो । ‘के भन्छ यो आज झन कस्टमर धेरै आउने दिन हुदैन हुदैन ।’ ‘म बैंक जान जरुरी छ बोस् आज नपठाए हुँदैन । घरमा बेइमानी हुन्छ तिर्नुपर्ने रकम हो ।’ उसको पटकपटकको आग्रहले बोसलाई दया लागेछ क्यारे केही सोचेपछि भन्यो ।

‘मलाई कागजात र पैसा दिइराख न त म पनि जानू छ । म पठाइदिन्छु ।’ बोसले भने पछि उसले कागजात र पैसा दियो अनि काममा भिड्यो । साँझ बोसले के सोच्यो कुन्नि ? कागजात दिदै भन्यो । ‘याहाँबाट एकहजार पठाएको तिम्रो त तीसहजार पो भयो त। तिमीहरूलाई त महिनाको पचासमा काम गरे पनि महिनाको पन्ध्र सय हुने रहेछ। किन चाहियो यत्रो पैसारुहामीलाई घाटा भयो नि !’

उसले जाने बुझे सम्म सम्झाउदै भन्यो । ‘तपाइँहरुको मुद्रा ठुलो छ । हाम्रो सानो गनौटोमा धेरै भएर हुँदैन । तेसले आउने सामाग्री बराबरै आउँछ ।’

बोसले मानेन बरु ढिपी कस्दै भन्यो । ‘मलाइ मूर्ख ठानेको छस्रु पैसा पनि सानो र ठुलो हुन्छ ? एक हजार एक हजारै हो तीसहजार तीसहजार हो कसरी हुन्छ बराबर ?’

उसलाई केहि नलागेपछि कागज लियो र यसरी बोसलाई सम्झायो ।
एक रिङगिट- तीस रुपैयाँ
एक कप चिया- एक कप चिया
दुई रिङ्गिट- साठी रुपैया
एक कोक्- एक कोक्
एकहजार रिङ्गिट- तीसहजार रुपैयाँ
एक ल्यापटप- एक ल्यापटप

के बुझ्यो कुन्नि ? बोसले भन्यो । ‘ए बुझेँ । तिमीहरूको देशमा चिया, कोक् र ल्यापटप तीस गुणा महंगो हुने रहेछ नि. पैसा त के को सानो हुनु ?’

प्रतिक्रिया