बालाजु अटो वर्कस राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सम्मानित
नेपालखोज
२०७९ मंसिर ७ गते १९:३०

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७ ÷ २०७८मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ ।
यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा लि लाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७ / २०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा कदर स्वरुप सम्मान–पत्र प्रदान गरिएको छ ।
बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ ।
सम्बन्धित
प्रतिक्रिया