न चेत्छौं, न मान्छे चिन्छौं !
अर्जुन पराजुली
२०७९ मंसिर ९ गते १४:००

चोरहरुले
चोरहरुलाई
चोर मान्दैनन्
नोता मान्छन् !
कम छैनौँ हामी पनि
न चेत्छौँ, न मान्छे चिन्छौँ !
धोका जतिवटा खाए पनि
भोट लगेर उनै चोरलाई दिन्छौँ !
चोरहरु
भोटमा चढेर
संसदमा जान्छन् !
हामी
प्लेनमा चढेर
खाडीमा जान्छौँ !
हामी
पसिना बेचेर
पैसा पठाउँछौँ !
चोरहरु
हामीलाई बेचेर
पैसा खान्छन् !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया