मंगलबार, वैशाख ९, २०८२

११ अंकले नेप्से बढ्दा एक अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १५ गते १५:३८

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव छ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा चढेको छ ।

दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैंयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये निर्जिवन बिमा समूहको सूचक १५ दशमलव १४ अंकले घटेर सात हजार ६ सय ४९ दशमलव ३७ अंकमा झरेको छ भने होटेल तथा पर्यटन र लगानी समूहको सूचक पनि घटेका छन् । वाणिज्य बैंक समूहको सूचक भने १३ दशमलव ४८ अंकले बढेर १३ सय ७९ दशमलव ७४ अंकमा चढेको छ । बिकास बैंक समूहको सूचक पनि नौं दशमलव ५८ अंकले बढेर तीन हजार चार सय ८४ दशमलव ८६ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि सात दशमलव ४५ अंकले बढेर दुई हजार ३६ दशमलव ५२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय १६ दशमलव ५७ अंकले बढेर नौ हजार दुई सय ४६ दशमलव ८४ अंकमा चढेको छ । फाइनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा बिहीबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ९२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेर सात रुपैयाँ ९५ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी बिहीबार नबिल बैंकको प्रतिकित्ता नौ सय १३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया