मंगलबार, वैशाख ९, २०८२

१६ अंकले नेप्से घट्दा एक अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर २१ गते १५:५०

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै पाँच अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन १६ दशमलव ६१ अंकले घटेर १९ सय १७ दशमलव २८ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४४ अंकले घटेर तीन सय ७३ दशमलव ६४ अंकमा झरेको छ । दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर खरिद बिक्री भएकोमा कूल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सूचक झिनो अंकले बढेपनि बाँकी समूहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाणिज्य बैंक समुहको सुचक १७ दशमलव ४२ अंकले घटेर १३ सय ३७ दशमलव ९३ अंकमा झरेकोमा विकास बैंक समूहको सुचक पनि ३० दशमलव ८० अंकले घटेर ३३ सय ७५ दशमलव ३८ अंकमा झरेको छ ।

जलविद्युत समुहको सुचक पनि १२ दशमलव ३३४ अंकले घटेर १९ सय ८४ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समूहको सुचक पनि ८३ दशमलव ६४ अंकले घटेर नौं हजार दुई सय ११ दशमलव ३१ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सुचक पनि ३६ दशमलव ६० अंकले घटेर सात हजार पाँच सय ५१ दशमलव ४६ अंकमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज खप्तड लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव नौं प्रतिशतले बढेर चार सय ४० रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नाडेप लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर सात सय ७९ रुपैयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सानिमा बैंकको संस्थापक शेयर तर्फ प्रतिकित्ता एक सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड दुई लाख ९३ हजार रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया