मंगलबार, वैशाख ९, २०८२

नेप्से १,९१७ अंकमा, सातामा पाँच अर्ब ८५ करोड २० लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर २३ गते १३:०४

काठमाडौं । यो साता नेप्से १९ सय १७ दशमलव २८ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ६४ अंकमा सिमित भएको छ ।

दुई सय ४६ वटा कम्पनीहरुको ९० हजार सात सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता सेयर खरिद–बिक्री हुँदा यो साता कुल कारोबार रकम पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय ४१ वटा कम्पनीहरुको सेयर कारोबार भएकोमा थियो । जसबाट एक लाख १० हजार नौ सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौ सय ६९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो । यो मध्ये पहिलो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरुमा नेप्से घटेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

जसअनुसार पहिलो दिन दुई दशमलव १६ अंकले बढेर १९ सय ६३ दशमलव २२ अंकमा पुग्न सफल भएको नेप्से चौंथो कारोबार दिन भने १६ दशमलव ६१ अंकले घटेर १९ सय १७ दशमलव २८ अंकमा खुम्चिएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो ।

यसैगरी पहिलो दिन एक दशमलव १७ अंकले बढेर तीन सय ८४ दशमलव ८३ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स पनि चौंथो दिन चार दशमलव ४४ अंकले घटेर तीन सय ७३ दशमलव ६४ अंकमा खुम्चिन पुगेको थियो । यसबाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन शिवम सिमेन्ट, डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि अगाडि परेका छन् कारोबार भएको सेयर संख्याको आधारमा शिवम सिमेन्ट, नबिल बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया