राष्ट्र बैंकमा सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि छुट्टै महाशाखा
नेपालखोज
२०७९ मंसिर २३ गते १४:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पती शुद्धीकरण निवारणको लागि छुट्टै युुनिट गठन गरेको छ । राष्ट्र बैंकका अनुसार सम्पती शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरिएको हो । संस्थागत योजना तथा जोखिम व्यवस्थापन बिभाग दरबारमार्ग काठमाडौं अन्र्तगत रहने गरी उक्त महाशाखा सञ्चालनमा ल्याईने उक्त राष्ट्र बैंकको भनाई छ ।
सम्पती सुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्वन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न २०७९ माघ एक गते देखि कार्य प्रारम्भ गर्ने गरी राष्ट्र बैंंकभित्र अलग्गै विशिष्टिकृत सुपरीवेक्षकीय महाशाखा स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया