श्रीमतीपातिक हो !
अर्जुन पराजुली
२०७९ मंसिर २५ गते १२:१३

समानुपातिक हैन हजुर त्यो
श्रीमतीपातिक हो !
संविधानमा समानुपातिक भएको
टाइप मिस्टेकले हो !
घरमा श्रीमाती हुँदाहुँदै
संविधानमा हामीले
श्रीमतीपातिक लेख्न छाडेर
समानुपातिक लेख्यौँहोला त ?!
महोदय !
तपाईँलाई अझै
लेखेहोलान् भन्ने लाग्दैछ ?!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया