बैंकिङ क्षेत्रमा एक दशमलव ९८ प्रतिशत कर्जा खराब

काठमाडौं । बैंकिङ क्षेत्रमा औषमा एक दशमलव ९८ प्रतिशत कर्जा खराब देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले ५१ खर्ब ७१ अर्ब ६७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब ७० अर्ब १९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा खराब देखिएको हो ।
सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा मात्र भने चालु आवको पछिल्लो अवधिमा एक दशमलव ८३ प्रतिशत कर्जा खराव देखिएको छ । राष्ट्र बैंकका अनुसार यसअवधिमा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले भने पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ३२ प्रतिशत कर्जा खराब देखिएको छ ।
राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा भने ६ दशमलव ९९ प्रतिशत कर्जा खराब देखिएको छ । फाईनान्स कम्पनीहरुले पछिल्लो अवधिमा एक खर्ब पाँच अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९१ खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्र्रवाह गर्दा उक्त अनुपातमा कर्जा खराब देखिएको हो ।
प्रतिक्रिया