पानी बाराबार हाम्रो हुन्छ !
अर्जुन पराजुली
२०७९ मंसिर २८ गते १४:२२

उता-
खेल खेल्छ अर्कैले
गोल हान्छ अर्कैले !
हार्छ, जित्छ अर्कैले
कप लान्छ अर्कैले !
यता-
रुवाबासी हाम्रो हुन्छ
मारामार हाम्रो हुन्छ !
उता
थाल्छन् खेल्न उनीहरु अर्को खेल
यता
पानी बाराबार हाम्रो हुन्छ !!
हो
त्यही देश मेरो हो !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया