१४ अंकले नेप्से घट्दा १ अर्ब १९ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन दुई दशमलव ६२ अंकले घटेको नेप्से आज बिहिबार पुन १४ दशमलव ४८ अंकले घटेर १८ सय ८२ दशमलव ६० अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव चार अंकमा झरेको छ । दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटककको कारोबारमामा ४८ लाख चार हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाणिज्य बैंक समुहको सुचक पाँच दशमलव २९ अंकले घटेर १२ सय ८५ दशमलव ३८ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २५ दशमलव ७२ अंकले घटेर तीन हजार तीन सय ४३ दशमलव ५७ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ४२ अंकले घटेर १९ सय ९० दशमलव ४२ अंकमा झरेकोमा जीवन बीमा समूहको सुचक पनि एक सय दुई दशमलव १७ अंकले घटेर नौं हजार ६४ दशमलव ७५ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सुचक पनि ३८ दशमलव ६४ अंकले घटेर सात हजार चार सय ६३ दशमलव १२ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज रुरु जलबिद्युत परियोजना लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर आठ सय १७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा पिपुल्स हाईड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय ४३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल क्रेडिट एण्ड कर्मश बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय १९ रुपैंयाँ ३८ पैसा अन्तिम मुल्यमा २२ करोड ८९ लाख ४२ हजार तीन सय ५७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीह्रुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया