राष्ट्र बैंकले सोमबार १७ अर्ब ५३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १७ अर्ब ५३ करोड रुपैयाँको टे«जरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । पुस पाँच गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र सात गते, २०८० असार पाँच गते र २०८० पुस नौं गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही मंसिर २६ गते पनि १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया