सोमबार, वैशाख ८, २०८२

भयानक त त्यो हुन्छ

डा. अच्युत शर्मा २०७९ पुष १६ गते ७:५६

भयानक त त्यो पनि हुँदैन
भूकम्पले बस्ती/बस्ती भत्काउँदा
केही बाटो छेकिन्छ
केही मार्मिक दृश्य देखिन्छ
भयानक त त्यो हुन्छ
आमा आफ्नै काखमा अस्ताउँदा
भयानक त त्यो पनि हुँदैन
बसेकै घरमा बम पड्किँदा
केही रोदन हुन्छ केही
अप्ठ्यारो हुन्छ
भयानक त त्यो हुन्छ
नेताले फोहरी मुख हेर्दा
बारबार ऐना पुछ्दा
भयानक त त्यो पनि हुँदैन
मेहनतको कमाई कसैले लुट्दा
केही छिन निरास होला
केही दिन दुःखै होला
भयानक त त्यो हुन्छ
देशको पाले दिनरात निदाउँदा
भयानक त त्यो पनि हुँदैन
सँगै हिँडेको साथीले छुरा रोप्दा
केही घाउ बन्ला
केही पछुतो होला
भयानक त त्यो हुन्छ
देशमा पाले र सिपाही हुँदाहुँदै
देश नै टुक्रा/टुक्रा पारी लुट्दा ।

प्रतिक्रिया