बिहीबार, वैशाख ११, २०८२

निःशुल्क खानाको व्यवस्था

नेपालखोज २०७७ वैशाख १८ गते १५:०६

लहान । नेकपाका नेता तथा प्रदेश नं २ का प्रदेशसभा सदस्य मदनसेनप्रसाद श्रीवास्तवले व्यक्तिगत सहयोगमा विपन्न तथा गरिब परिवारलाई निःशुल्क खानाको व्यवस्था गरेका छन् ।

जारी लकडाउनले समस्यामा परेका विपन्न, मजदुर र गरिब परिवारका व्यक्तिलाई सिरहाको सुखीपुर नगरपालिकास्थित रामजानकी मन्दिर परिसरमा उनले आजदेखि मेस सञ्चालन गरी निःशुल्क खानाको व्यवस्था गरेका हुन् ।

विपन्न नागरिक तथा पैदलयात्रीलाई आजदेखि वैशाख २५ गतेसम्म बिहान र साँझ गरी दुई पटक निःशुल्क खाना व्यवस्था मिलाउने उनले जानकारी दिए।

प्रतिक्रिया