काठ बरामद
नेपालखोज
२०७७ वैशाख १८ गते १५:०९
सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ कदिमाटोलबाट वन कर्मचारीको टोलीले अवैध काठ बरामद गरेको छन् ।
डिभिजन वन कार्यालय लहान र सवडिभिजन वन कार्यालय गोलबजारबाट खटिएको वन कर्मचारीको टोलीले स्थानीय रामदयाल महतोको घर पछाडि खाल्टो खनेर गाडिएको अवस्थामा ५० क्यूबिफिट काठ बरामद गरेको हो ।
महतोको घर पछाडि हरियो सालको रुख कटान गरी माटोभित्र गाडिएको गोप्य सूचनाका आधारमा उक्त काठ बरामद गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए । महतो फरार रहेको र उहाँको खोजतलास भइरहेको प्रमुख दासले बताए।
सम्बन्धित
प्रतिक्रिया