नाम कमरेड छ !
अर्जुन पराजुली
२०७९ पुष २६ गते ११:३१

उसको-
पाटी कम्युनिष्ट छ !
सिद्धान्त साम्यवाद छ !
झण्डा हँसिया-हतौडा छ !
नाम कमरेड छ !
नमस्ते मुठी ठडाउने छ !
धोको मार्क्सवाद पढाउने छ !
रहर राषेट्रेवादी भनाउने छ !
भाषण देशलाई सिगापुर बनाउने छ !
तर उसले काम
ऊ मेचीको किनारमा उभियो भने
गनाएर
महाकालीको किनारलाई बहोस् बनाउने छ !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया