बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकद्धारा नेपालमा बस्ने नेपालीहरुलाई बिदेशमा लगानी गर्न प्रतिवन्ध

नेपालखोज २०७९ माघ १ गते १७:३३


काठमाडौं । माघ १ नेपाल राष्ट्र बैंकले नेपालमा बस्ने नेपालीहरुलाई बिदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकले एक निर्देशिका जारी जारी गर्दे बिदेशमा नेपालमा बस्ने नेपाली नागरिकहरुलाई बिदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको हो ।

राष्ट्र बैंकले लगानी प्रतिवन्ध सम्वन्धी परिपत्र मार्फत भनेको छ, बिदेशी विनिमय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १० क ले बिदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिएको दिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले बिदेशमा भुक्तानी दिने सम्वन्धी कार्य गर्न प्रतिवन्धित गरेको छ ।

नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले बिदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तै बिदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पती खरिद, बिदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्वन्धी प्रचार प्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक बिदेशमा भुक्तानी हुने सम्वन्धी कार्य नर्गनु, नगराउनु हुन एवं त्यस्तो कार्य गर्ने गराएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरो सम्वन्धित सबैको जानकारीका लागि बिदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९० को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन दिएको हो ।

प्रतिक्रिया