बुधबार, वैशाख १०, २०८२

पुन: १० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ माघ ४ गते १७:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि बिहिबार पुन १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । सो दिन १४ दिने अवधिको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रिपो खरिदको लागि सो दिन अपरान्ह दुई बजेसम्म बोलकवोल पेस गर्न सकिने रिपो खरिदका लागि वाँणिज्य बैंक, विकास बैक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि भने यही माघ १९ गते तोकिएको छ ।

प्रतिक्रिया