नेप्सेमा पाँच अंकले सुधार : तीन अर्ब चार करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा सामान्य अंकले सुधार आएको छ । अघिल्लो दिन नौ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पाँच दशमलव ७१ अंकले बढेर २१ सय ७८ दशमलव ८१ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले बढेर चार सय १५ दशमलव पाँच अंकमा चढेको छ ।
दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा ६ वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव २३ अंकले बढेर १४ सय एक दशमलव ६४ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक पनि २७ दशमलव ५२ अंकले बढेर २७ सय ६ दशमलव सात अंकमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि १९ दशमलव ३१ अंकले बढेर नौ हजार दुई सय १३ दशमलव ७० अंकमा चढेको छ । लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक पनि बढेका छन् । बिकास बैंक समुकको सूचक भने पाँच दशमलव ५९ अंकले घटेर तीन हजार नौ सय ३० दशमलव १५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३२ दशमलव ७२ अंकले घटेर १० हजार सात सय १३ दशमलव १० अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज कृषि बिकास बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कुमारी धनबृद्धि योजनाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ८९ प्रतिशतले घटेर नौ रुपैयाँ दुई पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता आठ सय ४५ रुपैंयाँ अन्तिम मूल्यमा १८ करोड चार लाख ४४ हजार ६ सय ५३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया