पाकिस्तानमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
नेपालखोज
२०७७ वैशाख २४ गते १४:३३
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४० जनाको मृत्यु भएको छ । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा समग्र संक्रमित हुनेको संख्या पनि २२ हजार २५० पुगेका छन् ।
अघिल्लो दिन पाकिस्तानमा एक हजार ३१५ नयाँ संक्रमित थपिएका थिए । यसअघि गत सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुलुकको अर्थतन्त्रमा सुधार गर्न भन्दै लकडाउन केही खुकुलो बनाउने घोषणा गरेका थिए ।
पाकिस्तानमा मे ९ सम्म लकडाउन घोषणा गरिएको छ ।अहिलेसम्म पाकिस्तानमा ५ हजार २१७ जना मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया